• २०८१ माघ ८ गते मङ्गलवार

चीनमा रेष्टुरेन्ट भत्किँदा २९ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, एजेन्सी । उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेको भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो ।

भवनको भग्नावशेषमा फसेका कम्तीमा ५७ जनालाई साँझ सात बजेसम्म उद्धार गरिएको थियो । भवनको भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस