• २०८१ पुष २९ गते सोमवार

भारतमा एकैदिन ७८ हजार बढी संक्रमित फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७८ हजार ४ सय ७२ जना नयाँ संक्रमित फेला फरेका वल्डओमिटरले जनाएको छ ।अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ४४२ जनाको उपचार भइरहेको छ ।

यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो ।

प्रतिक्रिया दिनुहोस