भदौ १४, काठमाडौँ । प्राईम टेलिभिजनमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले खुल्ला प्रतिपर्धाको माध्यमबाट राजनीतिक नियुक्ति गरिने व्यक्तिहरुको छनौट गरिने गरेको दृष्टान्त उल्लेख गर्नुभयो । सरकारले राजनीतिक नियुक्ति गर्दा कसैको आफ्नो वा नातागोता हेरेर गर्ने नभई व्यक्तिको क्षमता तथा मुलुकको आवश्यकतालाई मध्यनजर गरे नियुक्ति गर्ने बताउनुभयो ।व्यक्तिको क्षमतालाई कसैले रोक्न मिल्दैन । योग्य र क्षमतावान व्यक्तिलाई नियुक्त गरिएको छ । कसको आफन्त पर्यो की परेन भनि हामीले छुट्याउँदैनौं ।’
भ्रष्टाचार गरेको पाइएमा जो कोहीलाई पनि नछाडिने पुनः दोहोर्याउँदै प्रधानमन्त्री ओलीले केही अराजक तत्वहरुले सामाजिक सञ्जाल तथा केही मिडियाहरुमा अराजक फैलाउनमा नै व्यस्त रहेको बताउनुभयो । झुटको खेती धेरै समय नटिक्ने उल्लेख गर्दै उहाँले अर्मयादित तवरले बोल्नु र लेख्नु प्रेस स्वतन्त्रता नभएको समेत बताउनुभयो । जनताले सहि सूचना पाउने हकलाई बञ्चित गर्नु प्रेस स्वतन्त्रता नहुने उल्लेख गर्दै उहाँले स्वतन्त्र र मर्यादित प्रेस स्वतन्त्रता अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो ।