साउन १५, काठमाडौँ । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट आजबाट खुलेको छ ।तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आज साउन १५ देखि देशभरिका होटल तथा रेष्टुरेन्ट खुलेको हो ।
लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो । व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन् ।