• २०८१ चैत्र ५ गते बुधवार

नवलपरासीमा गिरुवारी खोलाले बगाउदा एक युवतीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को गिरुवारी खोलाले बगाउँदा एक युवतीको मृ’त्यु भएको छ । हुप्सेकोट गाउँपालिका वडा नं. २ गड्डा खोला निवासी २४ बर्षीया सीतापरियारलाई विहीबार विहान खोलाले बगाएको हो ।

हुप्सेकोट २ र ३ को सिमाना कोलियास्थित गिरुवारी खोला तर्न लागेका हुप्सेकोट २ बस्ने २८ बर्षिय तारा परियार र २२ बर्षिय भुमिसरा परियार भने सकुसल रहेको प्रहरीले जनाएको छ । घरबाट गिरुवारी आउने क्रममा गिरुवारी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो । उनलाई स्थानीयले तत्काल खोजी गरे पनि ३ मिटर तल मध्यविन्दु ९ वसन्तपुरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस