साउन १५,काठमाडौँ । भारतले एक चीन नीति लिएको छ । तर, गत महिना जुन १५ मा पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय सेनामथि चिनियाँ आक्रमणको घटनामा २० भारतीय सेना मारिए । उक्त घटनापछि भने भारतले ताइवानसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लगेको छ । चीनले ताइवानलाई फरक स्वतन्त्र मुलुकको रुपमा स्थापित हुन दिएको छैन । चीन र ताइवानबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनपछि हङकङबाट शरण खोज्दै बाहिरिने हङकङबासीलाई ताइवानले शरण दिइरहेको छ । चीन(ताइवान सम्बन्ध बिग्रिएको मौकामा भारतले पनि ताइवानसँगको सम्बन्धलाई विशेष महत्व दिइरहेको छ ।
भारतले अहिलेसम्म ताइवानमा कुनै औपचारिक कूटनीतिज्ञको नियुक्ति गरेको थिएन । तर, यसपटक भारतले ताइपेइमा आफ्नो प्रतिनिधि पठाएको छ । त्यसलाई भारतले इण्डिया(ताइपेइ एसोसियसनका प्रतिनिधिको रुपमा अघि बढाएको छ । एक चीन नीतिलाई कायम राख्दै ताइवानसँगको सम्बन्ध सुदृढ बनाउन भारतले ताइवानमा आफ्नो प्रतिनिधि पठाएको हो ।ताइपेइका लागि नियुक्त भएका नयाँ दूत यसअघि भारतको विदेश मन्त्रालयका लागि अमेरिकी डिभिजनमा काम गरेका थिए । यससँगै भारत(ताइवानबीच प्रविधि, मेडिकल, वैज्ञानिक सहकार्यसँगै सांस्कृतिक र सामाजिक विषयमा सहकार्य गर्न सकिनेसमेत बताइएको छ ।