• २०८२ जेष्ठ ७ गते मङ्गलवार

नगरपालिकाद्धारा सडकछेउका घर टहरा हटाउन १५ दिने सूचना जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १५ , कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पुर्व पश्चिम राज मार्ग छेउमा पर्ने पसल, खोका, टहरा र निर्माण सम्बन्धि सामाग्रीहरु हटाउनको लागी एक सूचना जारी गरेको छ ।

महेन्द्र राजमार्ग अन्तर्गत पुर्वमा शुक्तीकाढा नदी देखी पश्चिममा आमखोइया सम्मका पसल, टहरा, खोका र निमार्ण सम्वन्धी सामाग्रीहरु हटाउन सम्बन्धि व्यक्तिहरुलाई सूचना मार्फत जानकारी गराईएको छ । सुचना प्रकाशित भएको १५ दिन अर्थात साउन २७ गते सम्म हटाउन भनिएको छ ।सडक क्षेत्रमा पसल, टहरा, खोका राख्नाले दुर्घटना बढेको र नगरपालिका सुन्दर व्यवस्थित बनाउनको लागि सूचना प्रकाशित गरीएको छ । साउन १० गते बसेको सर्बपक्षिय वैठकबाट सडकको दायाँ बाँया २५ मिटर सम्मको सिमाना खाली गर्ने निर्णय भएको थियो ।

यदि, सूचनालाई अटेर गरि तोकिएको समयभित्र पसल खोका र निर्माण सामाग्री नहटाएको पाईएमा नगरपालिका कार्यालय बाट सुरक्षा निकाय लगाएत सबैको समन्वयमा अनाधिकृत सडक अतिक्रमण हटाईने सुचनामा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस