• २०८१ पुष २९ गते सोमवार

घोडाघोडिलाई नमुना क्याम्पसको रुपमा स्तरउन्न्ती गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१५, कैलाली ।  कैलाली को घोडाघोडी बहुमखी क्याम्पस नमुना क्याम्पसमा छनौट भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा रही गुणस्तर सुनिश्चितता प्रत्यायन त्तब्ब् प्रमाण पत्र प्राप्त क्याम्पस स्तरोन्नतिका लागि कैलालीबाट छनौटमा परेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस संगै अछाम बहुमुखी क्याम्पस, महाकाली बहुमुखी क्याम्पस, त्रिवेणी क्याम्पस, केदारज्योति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, सुनकुडा बहुमुखी क्याम्पस, बाजुरा बहुमुखी क्याम्पस र जगन्नाथ बहुमुखी क्याम्पस नमूना क्याम्पसको रुपमा स्तरोन्नत्तिका लागि छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ ।
वि।स।२०६२ सालमा स्थापना भई उच्च माध्यामिक तह देखि स्नातकोत्तर तह सम्म शिक्षाशास्त्र, मानविकी, ब्यवस्थापन, विज्ञान संकायमा विभिन्न कार्यक्रम सञ्चालित घोडाघोडी क्याम्पस छोटो समयमै विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल भई अग्र स्थानमा आउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस