• २०८१ साउन १ गते मङ्गलवार

१५ वर्षीय छोराद्धारा बन्चरो प्रहार गरेर बुवाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, विराटनगर । बन्चरो प्रहार गरेर मोरङको जहदा गाउँपालिका–५ मा नाबालक छोराले बुवाको ह’त्या गरेका छन । पारिवारिक विवादका क्रमममा १५ वर्षीय छोराले बुवा ४० वर्षीय विर्जु टुडुको ह’त्या गरेका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काका अनुसार शनिबार बिहान छोराले टाउकोमा बन्चरो प्र’हार गरेर शनिबार बुवालाई घा’इते बनाएको र घा’इते भएका विर्जुलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएकोमा पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउने पैसा नभएपछि गम्भीर अवस्थाका उनलाई आइतबार फर्काएर घरमै लगिएमा घरमै सोमबार उनको मृत्यु भएको हो । टाउकोमा चो’ट देखेपछि छिमेकीले मृ’त्यु नभइकन ह’त्या भएको हुन सक्ने आशंका गरेर प्रहरीलाई खवर गरेका एसपी खड्काले बताए ।

प्रहरीले श’व घरबाटै उठाएर पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । बाबुको मृ’त्यु भएपछि फरार भएका छोरालाई प्रहरीले मंगलबार विराटनगरबाट प’क्राउ गरेको छ । प’क्राउ परेका नाबालकले आमालाई सधैं कुटपिट गर्ने र दुःख दिने गरेकाले बाबुलाई बन्च’रोले हा’नेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस