• २०८२ बैशाख २९ गते सोमवार

कोरानाका कारण सुदुर पश्चिम मा थप १ जनाको मृत्यु

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

असार १६, कैलाली । सुदूरपश्चिममा थप एक जनामा मृ’त्युपछि कोरोना पुष्टि भएको छ। अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृ’त्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए।

उनको असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृ’त्यु भएको थियो। उनी भारतबाट गौरीफन्टा भएर अछाम पुगेका थिए । असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो। आकश्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृ’त्यु भएको थियो। यो संगै सुदूरपश्चिममा मृ’त्यु हुने कोरोना संक्रमितको सङख्या सात पुगेको छ।

प्रतिक्रिया दिनुहोस