• २०८१ साउन १ गते मङ्गलवार

थप कोरोना संक्रमित ३ सय १६, कुल कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय १६ जना थपिएका छन् । यो सगैं नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

मंगलबार थप संक्रमितहरुमा ७१ महिला र २ सय ४५ पुरुष रहेका छन् । हालसम्म संक्रमितमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन् । मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस