• २०८१ साउन ८ गते मङ्गलवार

९१ हजार भारुसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, पर्सा । पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले अलौ भन्सारबाट पोखरीया नगरपालिका-२ लमरिया निवासी २८ वर्षीय मनोज यादवलाई पक्राऊ गरेको हो ।

ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार उनको झोला चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ९१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।ड्युटी खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा भिड नगर्नु भनी यादव लगायतका व्यक्तिहरुलाई भनेको भएपनि यादवले भारतबाट मानिस आउँदैछ भेटेर फर्किहाल्छु भनेर सशस्त्र प्रहरीसँग अनुरोध गरेका थिए । पोखरियादेखि आफन्त भेट्न आएका उनलाई धेरै अलमल नगर्नु भनेर जान सशस्त्र प्रहरीले अनुमति दिएको थियो । तर केहिबेरपछि झोला बोकेर फर्किएपछि चेकजाँच गर्दा उनको साथबाट ५र५ सयको १ सय ८२ थान भारु नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यादवले भने घरायसी कामका लागि भारतमा रहेका आफन्तसँग ऋण सापटी लिएको दाबी गरेका छन् । बरामद रकम र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस