असार १६, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल सुदर पश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम दक्षिणपश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु पुर्वी दिशाबाट बहेकोको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । जसका प्रभावले हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।