• २०८२ जेष्ठ २ गते बिहिवार

दाङ प्रहरीले युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, दाङ । तुलसीपुर ५ मैनाबगरका २८ बर्षीय मन्दीप भुजेलको हत्या भएको हो । ज्ञानज्योती आधारभूत बिद्यालयको भवन पछाडि भुजेल बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिद्यालय पछाडि शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरिक्षक पालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का गरी शबको पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो । घटनामा संलग्न भएको आशंकामा स्थानीय ८ जनालाई दाङ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस