• २०८० फाल्गुन १० गते बिहिवार

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित पत्रकार सम्मेलनमा संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना, धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जना, सर्लाहीका १७, सिरहाका ११ जना, रुपन्देहीमा ३६ जनाको पोेजेटिभ देखिएको छ ।
विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस