आश्वासन मात्र दिने नेता, भगवानको भरोसा, भाग्यमाथिको विस्वास, परिस्थितिजन्य नियती, नरकको जेल, स्वर्गको बाँस, तिलको गाँस, हाँडी गाँउको जात्रा, लिम्पियाधुराको यात्रा, भोकमा नपाएको खाजा, निरंकुश राजा, अनुशासनहीन प्रजा, भुपरिबेष्ठीत देस, सामन्ती अबशेष, बुद्दी र अर्ती दिन नसक्ने बाउ आमा, बिबेक नभएका छोराछोरी , संस्कृत र शाश्त्रीय ज्ञान नभएका पण्डित , अर्ती दिई फुर्ती देखाउने गुरु, सहनसिलता नभएका चेला, स्वार्थीपनका आफन्त, दैद्य चरीत्रका छिमेकी, यी सबै चिज समाजका भ्रामक र बिकासका बाधक काँडा हुन ।
यदि पात्र फेरिए पनि प्रबृति उहि रह्यो भने भ्रस्टाचारको अन्त्य कहिलै हुदैन ।
त्यसैले भुइँमा सुत्ने मान्छे खाटबाट लड्दैन , बिचारको आधारशिला स्वच्छ छ भने नैतिकताको जरो लम्बिरहन्छ र तिनै प्रकृतिका मानिसहरुबाट समाज सुधारको अपेक्षा गर्न सकिन्छ जो अटल, निडर, परिश्रमी, तथा कपटबिहीन यात्रामा अबिरल हिडिरहन्छन १ त्यसैले प्राथमिकता दिंदा ब्यबधानलाइ होइन प्राबधानलाइ दिनुपर्दछ । जीवनमा सभ्य भाषाको कित्ताकाट गर्न त्यसले जानेको हुन्छ जो सदैब इमान्दारीता र नैतिकताको गोरेटोमा हिडिराखेको हुन्छ, यदि पात्र फेरिए पनि प्रबृति उहि रह्यो भने भ्रस्टाचारको अन्त्य कहिलै हुदैन । तसर्थ सबल, सक्षम, स्वच्छ समाजको निर्माण गर्न तन, मन, बचनले परिपूर्णतातिर लाग्दा नै राम्रो हुन्छ । तर बिदेसीको गोटी कहिलै नबन्नु नै बेस ! धनको लोभले विवेकलाइ बन्दक बनाउंछ अनि नैतिकताको गोरेटो नै समाप्त पारिदिन्छ ।
काठमान्डाैंमा खाइ दिल्लीमा चुठने, हैदराबादमा मिटिङ बसी जनकपुरमा उठ्ने प्रथाले नै हामी पछि परी स्वावलम्बी हुन नसकेका हौं
मानिसका तीन गुण: मष्तिष्कमा समझदारी, कांधमा जिम्मेवारी, हृदयमा इमानदारी भएका ब्यक्तिहरुले नै देस हांक्न सक्छन र त बिगतमा पनि हाम्रा राजनीतिक दलहरुले सहयोद्दाको रुपमा प्रजातन्त्र प्राप्तिको लागि ४६ सालमा एक भए पन्च्यायत फाले, दन्दकालमा अनमिनलाइ जरो गाड्न दिएनन, ६२/६३ मा एक भइ राजा फाले, ७२ सालमा भारत नमान्दा पनि संविधान जारी गरे र त नेपाली जनताको धैर्यताको बाँध टुटेको छैन न त आशाको दियो नै निभेको छ ।
भनिन्छ नि “बिष सर्पको दांतमा हुन्छ, झिगाको मुखमा, बिच्छिको पुच्छरमा हुन्छ भने दुष्ट मानिसको शीरदेखि पैतालासम्म हुन्छ” र त भारतीय शासकको स्वभाव त्यस्तै भएर आज हामी नेपालीले दुख पाइरहेका छौं ।
त्यसैले हाल मात्र सरकारको कांधमा कोरोनाको सन्त्रास र यसको ब्यबस्थापन एकातिर, बजेट कार्यान्वयनको पाटो अर्कोतिर छदैछ । फेरि भारतले मिचेको नेपालको जमिन फिर्ता ल्याउन खोजिएको सरकारी प्रयासमा सबै पक्षको उतिकै भूमिका र सहयोग हुनु नितान्त आबश्यक छ । तर यो सीमा बिबादको कुरा आजको नभइ यसको ईतिहास लामो छ तैपनि अहिलेको सरकारले गुमेको भूमी लिम्पियाधुरासम्म नेपालको दावी गरी प्रकृयागतरुपमा अगाडि बढ्दै जांदा नक्सासमेत तयार पारीसकेको छ र यसमा भारतले भिन्न मत जनाएपनि नेपालका राजनीतिक दलहरुमा संबिधान संशोधन गर्ने विषयमा केही मतान्तर देखिएको भन्ने समाचार माध्यममा मसला बनेकोले अब पनि राष्ट्रियताको सवालमा सबै दल एक भएनन भने जुन जुन दलका मतहरु फरक आंउछन ती दलहरुलाई भोलिका दिनहरुमा जनताको अगाडि जान नैतिकताले पनि दिनेछैन र पलायन निस्चित छ । हिजोका दिनमा संन्चित वीर पुर्खाको रगत र पसिनाको मूल्यलाइ हामीहरुले संरक्षण नगर्नु यो भन्दा निर्लज्जताको पराकाष्ठा अरु के हुनसक्छ । त्यसैले सबै दल, नागरिक समाज, बुद्दिजीवीहरु र सारा नेपाली जनताहरु एकजुट भइ हाम्रो गुमेको भूमी भारतसंगको उच्चस्तरको कुट्नैतिक बार्ताको माध्यमबाट फिर्ता लिनु नितान्त आबश्यक भइसकेको छ । तर हाम्रा सत्ताधारीहरुले न कहिलै भ्रस्टाचारमा शून्य सहनसिलता कायम गर्ने आंट गरे न त विकासप्रेमी र बैज्ञानिक आबिष्कारकलाइ प्रोत्साहन नै ।
बिगतको लामो ईतिहास बित्यो खाली सत्ताको लुछाचुडीमा अनि काठमान्डाैंमा खाइ दिल्लीमा चुठने, हैदराबादमा मिटिङ बसी जनकपुरमा उठ्ने प्रथाले नै हामी पछि परी स्वावलम्बी हुन नसकेका हौं । भनिन्छ नि “बिष सर्पको दांतमा हुन्छ, झिगाको मुखमा, बिच्छिको पुच्छरमा हुन्छ भने दुष्ट मानिसको शीरदेखि पैतालासम्म हुन्छ” र त भारतीय शासकको स्वभाव त्यस्तै भएर आज हामी नेपालीले दुख पाइरहेका छौं । तसर्थ समयको चक्रसंगै विभिन्न परिबेसमा जन्मिएका पृथक प्रबृतिका पात्रहरुको फरक फरक नेतृत्व गर्ने स्वभावले स्वाभिमानी नेपालीको दिनचर्या एकैनासको नभएको यथार्थ सत्य हो ।