• २०८२ बैशाख ४ गते बिहिवार

उज्यालो युगमा कुरुप अनुहार देखियो

तपेन्द्र भुषाल पढ्न लाग्ने समय : १ मिनेट

रुकुम पश्चिममा जो नरसंहार देखियो
उज्यालो युगमा कुरुप अनुहार देखियो ।
जातभात र उचनिचको बर्बर युग त गैसकेको हो
समानताको युगमा फेरि मानवताको हार देखियो ।

भोकले भन्दैन जुठो भात प्रेमले भन्दैन जात र भात
मान्छे भएर पनि तिम्रो दानवको झैं विचार देखियो ।
प्रेमकै लागि बलिदान दियो एउटा शहिदले
प्रेमीकै गर्धनमा आखिर तरवार देखियो ।

नहट्नु पछि कहिल्यै नडराउनु ए प्रेमीहरु हो
कानुन नै मानवता र न्यायको अन्तिम आधार देखियो ।
रुकुम पश्चिममा जो नरसंहार देखियो
उज्यालो युगमा कुरुप अनुहार देखियो ।

धनगढी,कैलाली

प्रतिक्रिया दिनुहोस