• २०८० फाल्गुन १० गते बिहिवार

२ नम्बर प्रदेश डिआईजी सिंहको सफलता, ११ लाख सहित हुण्डी कारोबारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, जनकपुरधाम । जनकपुरधाम प्रदेश नम्बर २ का प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै डिआइजी धिरजप्रताप सिंह एक देखि अर्को सफलता प्राप्त भइराखेको छ । उनले ११ लाख भन्दा बढी नगद सहित हुण्डी कारोबारी पक्राउ गरेका हुन ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले आज हुण्डी कारोवारी यादवलाई पक्राउ छ। विशेष सुचनाको आधारमा अवैध वित्तिय कारोवार(हुण्डी) भईरहेको छ भन्ने खबर प्राप्त  हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मातहतका जिल्ला प्रहरी पर्सा र प्रहरी चौकि ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को २२० सि.सि पल्सर मोटरसाइकल सहित लालबाबु कुमार यादवलाई पक्राउ गरेको हो ।

उनले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली रुपैया ११ लाख ५० हजार फेला पारी सो नगद र मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस