बैशाख १८,रोल्पा । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रोल्पाले जिल्ला प्रशासन कार्यालय र रोल्पा जिल्लामा रहेका दसवटै स्थानिय तहलाई ज्ञापन पत्र बुझाएको छ । कोरोनाले विश्व आक्रान्त पारिरहेको बेलामा कारोना भाईरसको संक्रमणबाट बच्नको लागी पुर्व सर्तकताको रुपमा नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवसर पारेर रोल्पा जिल्लाको सदरमुकाम र बजार क्षेत्रमा आपुर्तिको लागि केही समस्या उत्पन्न भइ दैनिक उपभोग्य तथा खाद्यान्न सामानहरुको सहज आपुर्ती हुन नसकेको, मुल्य वृद्धि भएको, मूलयमा एक रुपता नभएको जनगुनासो बढेपछि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि रोल्पाले ज्ञापनपत्र बुझाएको राष्ट्रिय युवा संघ नेपाल रोल्पाका संयोजक कृष्णकुमार नेपालीले बताउनु भयो ।

राष्ट्रिय युवा संघ नेपाल रोल्पाका संयोजक कृष्णकुमार नेपालीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपाल सरकारले गरेको लकडाउनको समय लम्बीदै गर्दा दैनिक तथा उपभोग्य सामाग्री सरकारले सहज रुपमा उपलब्ध गराउने निति लिएपनि पछिल्लो चरणमा बढि रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
दैनिक उपभोग्य तथा खाद्यान्न सामानहरुको सहज आपुर्ती हुनने बातावरण मिलाउन, कालाबजारी रोक्न, श्रमजिवी जनताहरुको दैनिक जिवनमा सहज अवस्था श्रृजना गर्न, जिल्ला प्रशासन कार्यालय रोल्पा र रोल्पा जिल्लामा रहेका दस वटै स्थानिय तहहरुले विशेष भुमिका खेल्ने छन भन्नेमा आफु विश्वस्त रहेको साथै तत्काल उचित कदम चालि त्यस्ता व्यवसायहरुलाई कारबाहीको दायरामा लिन राष्ट्रिय युवा संघ नेपाल जोडदार माग रहेको संयोजक नेपालीले बताउनु भयो ।
कोरोना भाइरसबाट उत्पनन समस्याको समाधान र रोकथामका लागि हामी सबैको साझा प्रयासबाट मात्र सम्भव हुने भएकोले नेपाल सरकारले लिएको लकडाउनको नितीलाई पालना गर्दै सबैलाई सामाजिक दुरी कायम गर्दै रोल्पा र रोल्पाली जनलाई कोरोना मुक्त बनाउनको लागि राष्ट्रिय युवा संघ नेपाल रोल्पाको जिम्मेवारी पूर्ण भुमिका रहने प्रतिवद्धता व्यक्त गर्दै सबैको हातेमालो गरी यो कोरोना विरुद्धको अभियानलाई सफल बनाउन अनुरोध गर्दछौ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र
