• २०८२ जेष्ठ २ गते बिहिवार

हेलीकप्टर मार्फत १८ वर्षिय शाहीलाई उद्धार

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८ मुगु । उच्च रक्त श्राप भए पछि जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर मार्फत उद्धार गरिएको छ ।

सोरु गाउँपालिका वडा नं ६ का गंगाराज मल्लकी श्रीमती शाहीलाई बैशाख १२ गते स्वास्थ्य चौकी नाथर्पुमा सामान्य सुत्केरी गराई नवजात शिशुको अबस्था पनि सामान्य रहेका थियो तर सुत्केरी भए पश्चात एक्कासी निरन्तर उच्च रक्तश्राप भए पछि बुधबार प्रदेश सरकारको सहयोगमा हेलीकप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यलय मुगुका स्वास्थ्य सेवा ब्यस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिए ।

उक्त रक्तश्राबको ब्यबस्थापनको लागि नाथर्पु स्वास्थ्य चौकीमा पनि मेसीन औजारहरु नभएको र २ दिन हिडेर जानु पर्ने स्वास्थ्य सेवा कार्यालय मुगुमा पनि आईसियूको ब्यबस्था नभएकोले हेलिकप्टर मार्फत सुत्केरी सम्बन्धी सम्पुर्ण सेवाहरु भएको अस्पतालमा बुधबार बिहान साढे ८ बजे सुर्खेत लगिएको सोरु गाउँपालिकाका पशु शाखा प्रमुख बिनोद शाहीले बताए । अहिले उनको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस