• २०८० असोज ४ गते बिहिवार

अहंताको जडमा बुर्कुसी मार्दा

खिमराज गिरी पढ्न लाग्ने समय : ७ मिनेट

विश्वभर फैलिएको कोरोना भाइरसको कारणले हालसम्म संक्रमितको संख्या ३२२०१४८ र मृत्यु हुनेको संख्या २२८२१५ रहेका छन् । विश्वको शक्तिसाली राष्ट् अमेरिकाका राष्ट्पति डोनाल्ड ट्मले शुरुका दिनमा जम्मा १५ जना संक्रमित हुँदा स्वास्थ्यकर्मीको सिफारिसमा लक डाउन गर्नुको सट्टा उल्टै यो चाइनीज भाइरस हो, अमेरिका बन्द गर्ने देस नभएको भन्दै लक डाउनको अबज्ञा गरेको कारणले नै हालसम्म त्यहाँ संक्रमितको संख्या १०६४५३३ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ६१६६८ पुगेको छ ।

त्यस्तै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ र १६ जना निको भई आ.आफ्नो घरमा फर्किसकेका छन् । यसको अर्थ नेपाल सरकारले नेपाली जनतालाई यस भाइरस सम्बन्धमा दिएको सचेतना र अप्नाएको सुरक्षित विधिवारे विश्व जगतले सह्राना नै गरेको छ । यसरी व्यापक साधन श्रोत र धेरै बैज्ञानिक अनुसन्धानकर्ता तथा डाक्टरहरु भएको देस अमेरिकामा अहिलेको परिस्थितिमा त्यतिका धन जनको क्षति हुनु भनेको यो कल्पना भन्दा पनि वाहिरको कुरा हो र हाम्रो जस्तो गरीव मुलुकमा यदि यस भाइरसको विरुद्धमा समयमा नै सजगता नअप्नाइएको भए सायद आज हामी यस भाइरसको प्रभावले चौथो तहमा पुगिसक्ने थियौं र यहाँको जनजीवन अस्त व्यस्त हुन्थ्यो होला तर नेपाल सरकारको कम्सेकम तयारी र नेपाली जनताको सचेतपनले गर्दा यसो हुन पाएन । यसरी के भन्न सकिन्छ भने आज अमेरिकी राष्ट्पतिको अंहमताले गर्दा त्यहाँका जनताले ठूलो मानविय क्षति ब्यहोर्नुपरेको छ । आर्थिक स्थिति तहस नहस भएको छ ।

मानिसमा एक प्रकारको त्रास फैलिरहेको अवस्था छ । संक्रमित हुने आज हो कि भोली थाह छैन । यदि रोग लागिहाल्यो भनेपनि उपचारको लागि त्यहिँका नागरिकहरुलाई त प्राथामिकतामा राखेको छ तैपनि आप्रवासीहरुलाई हेर्ने दृष्टिकोण भिन्न किसिमको भएकोले पनि सँधै आक्रोस र त्रासको जिन्दगी जिउन वाध्य छन् त्यहाँका आप्रवासीहरु । यो सव देसको नेतृत्व लिने व्यक्तिको लापरवाहीको कारणले भएको कुरा आज विश्व समुदायामाझ छर्लङ्ग भएको छ ।

अव कुरा गरौं नेपालको । हाल नेपाल पनि कोरोना भाइरसबाट मुक्त भने भएको छैन । सरकारले पनि हर तरहले यसको विरुद्धमा लागि परेको छ । एकातिर कोरोना भाइरसको त्रासमा जनतामा भयावह छ भने अर्कोतिर यो भन्दा पनि डरलाग्दो मानसिक चिन्ता र मनगँडन्ते रोग लागेको छ नेपाली राजनीतिमा त्यहि पनि सत्तारुढ घटक नेकपामा । विभिन्न तहको चुनावताका तात्कालिन अवस्थामा दुई पार्टी ने क.पा. एमाले र माओवादी मिलि पार्टी एकता गरे र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएर नै संघिय संसदको चुनावमा करिव करिव दुई तिहाई बहुमत प्राप्त गरी जनताको नजरमा साख भए र चुनावी घोषणा पत्रअनुसारका काम कारवाहीहरु प्नि केहि हदसम्म हुँदै आइरहेका पनि थिए तर समयक्रम वित्दै जाँदा प्रधानमन्त्री के.पि.वलीले पनि समय समयमा केहि विवादीत कुराहरु जनताको अगाडि तेस्र्याए जुन कि केहि हदसम्म ठीक पनि थिए र उनले केहि निर्णय गर्दा पार्टीका केन्द्रिय कमिटीमा पनि ती कुराहरु राखेर मात्र अगाडि बढाउनुपर्नेमा त्यो गरेको नपाइएको भन्दै गत हप्ता मात्र राष्ट्पतिबाट जारी भएका दुई अध्यादेसको कुराहरुलाई लिएर अहिले प्रतिपक्षलाई खासै चासोको विषयजस्तो नलागेपनि सत्तापक्षका नेताहरु अझ पार्टी सचिवालयका केहि नेताहरुले यसै विषयलाई मुद्या वनाएर प्रधानमन्त्रीको राजिनामा लगायत अध्यक्ष पदपनि छोड्नुपर्ने जिकिर गर्र्दै आइरहेका छन् ।

अहिले नेपालको राजनीतिक फाँटमा नेकपाको विवाद केहि हदसम्म चर्किएको छ र सायद केहि दिनमा आपसी समझदारीमा सहमतिको बाटो पक्कै पनि निस्किन्छ भन्ने कुरामा आम नेपाली जनता र कार्यकर्ताहरु आशावादी छन् । हुन त एउटा घर परिवारमा त कतिपय कुराहरुमा कुरा नमिलेर वाद विवाद निस्कन्छ र समाधानको बाटो पहिल्याउन हम्मे हम्मे पर्दछ भने यो त विशाल पार्टीको कुरा हो र केहि समय अगाडिका दुई पार्टीहरुलाई समायोजनका अझै केहि पृष्ठभूमिहरु बाँकि रहि रहँदाको स्थितिमा उपल्लोस्तरका केहि नेताहरु र केहि गुट र उपगुटका कार्यकर्ताको उक्साहटमा लागेर सरकार परिवर्तन गर्नुपर्ने र प्रधानमन्त्रीले अध्यक्ष पदबाट पनि राजिनामा दिनुपर्ने भन्ने कुरा अहिलेको नेपालको सन्दर्भमा प्रतिकूल अवस्था नै हो ।

विगतमा पनि नेपालका कम्युनिष्टहरुलाई सत्ता र शक्तिमोह नजागेको होइन र कुर्चि मोहको कारणले गर्दा वास्तविक कम्युनिष्टको सिद्धान्तनुरुप काम गर्न छोडेर सँधै आफु, आफ्नो परिवार र पार्टीमा समर्पित भई राष्ट्यि हितमा काम गर्ने कम्युनिष्टहरु कमै देखिन्थे तैपनि अहिलेको सरकारबाट नेपाली जनताले धेरै आशा र भरोसा गरेका पनि हुन् र केहि महत्वपूर्ण कामहरु भएका र हुँदैगरेका पनि छन् तर केहि उपल्लोस्तरका नेताहरुको दरिद्र मानसिकता, सत्तालिप्सा, व्यक्तिगत मनोकाँक्षा, परिवार मोह अनि विगतका घटनाहरु उजागर हुने हुन कि भन्ने भयले गर्दा सपनाको भुतले सताइरहेको छ जसले गर्दा विपक्षी दलले उठाउनु पर्ने आवाज किन सत्ता पक्षका साँसद तथा नेताहरुले उठाइरहेको छन् त आज नेपाली राजनीतिको फाँटमा आम जनताहरु नेकपाको राजनीतिक भविश्यमा लाग्न लागेको दाग देखेर चकित र आश्चर्यमा परेका छन् !

हुन त अहिले नेकपाको सरकार आएपछि नेपाल भारत र चीनलगायत अन्य राष्ट्रसँगको सम्बन्ध राम्रो भएको, संघियता कार्यान्वयन पक्ष मजवुत वन्दै गएको, सरकारको काम कारवाहीमा छोटो अवधिमा नै डिजिटल प्रविधि लागू भएको, विदेसी व्यपार घाटा न्युन हुँदै गइरहेको, कृषि क्षेत्रलाई व्यापक सुधार्ने कोशिस भइरहेको, विभिन्न ठाउँहरुमा अन्र्तराष्ट्यि विमास्थलहरु वन्दै गइरहेको, सडक निर्माणको कार्यहरु तीव्र गतिमा अगाडि वढिरहेको, तुइन हटेको, विद्युतीय क्षेत्रमा ब्यापक सुधार भएको, विभिन्न क्षेत्रमा लादिएका सिन्डिकेटहरु क्रमश न्युन हुँदै गइरहेका, सुकुम्वासी समस्या समाधानको लागि पहल भइरहेको, विभिन्न ठाउँमा खानीहरु पत्ता लगाई उत्खननको कार्य भइरहेको, राजश्वमा बृद्धि भइरहेको, कोरोना लाग्नुभन्दा अगाडि पर्यटन र हवाई क्षेत्रमा क्रमिक विकासको गति अगाडि वढिरहेको, पानीजहाज र रेलको अवधारणा अगाडि वढिरहेको, सुन तस्करीमा कमी, विभिन्न क्षेत्रमा भएको भ्रष्टाचार विरुद्धको प्रयास जारी रहेको आदि कामहरु पनि नभएका होइनन् तर केहि कमि कमजोरीहरु हुँदा हुँदैपनि आप्mनै पार्टीबाट सरकार ढाल्ने प्रयत्न गर्नु यो जस्तो सत्ता लिप्सा र संकिर्ण मानसिकताको पराकाष्टा अरु के हुनसक्छ ? र आगामी चुनावमा जनताको अगाडि के एजेण्डा लिएर जाने भन्ने सन्दर्भलाई पनि नेकपाका नेताले विर्सिनु हुँदैन । त्यसैले घर परिवारको सामान्य झगडा भरसक वाहिर आउन हुँदैनथ्यो, आइहाल्यो तैपनि यी विभिन्न विषयमा भएका असहमतिहरु विगतमा पनि सहमतिको विन्दुमा आएकै हुन् पार्टी एकताको जग बलियो भएकै हो र अहिले पनि विग्रेको केहि छैन ।

प्रधानमन्त्रीले पनि आफ्नो एकलेौटी हठलाई छोडेर पार्टीगत हुन या राष्ट्रिय सवैखाले निर्णयहरु गर्दा पार्टीका शिर्षस्त नेताहरुसँग वसेर छलफल गरी राष्ट्यि मामलामा विपक्षी दलका नेताहरु, समाजमा प्रतिष्ठित व्यक्तिहरु, बुद्धिजीवी, विभिन्न क्षेत्रमा विशिष्ठता प्राप्त गरेका व्यक्तिहरुलगाएतलाई संलग्न गराई निर्णय गरियो भने हरेक कामहरु विवादरहित हुन्छन् र अपजसबाट पनि टाढा रहिन्छ । अनि पार्टीमा यो गुट र त्यो गुट भन्दा पनि सिङ्गो पार्टी पंक्ति नेकपा हो र जतिपनि पार्टी हितको लागि काम कारवाहीहरु हुन्छन् ती कुराहरु पार्टीमा संलग्न सवैको लागि हो र विगत झै गुटवन्दीमा मौलाएका सुटेड बुटेडहरुले गर्दा राजनैतिक अस्थिरता हुन्थ्यो र जहाँ राजनैतिक अस्थिरता हुन्छ त्यहाँ देस भित्रका सुटेड बुटेड दलाल विचौलियाहरु र बाहिरी देसकाले पनि खेल्ने मौका पाउने हुँदा न सरकारको आयु लामो हुनजाने न त देसमा शान्ति र विकासको कल्पना गर्न सकिने, जनताको रोजगारीको त कुरै छोडौं ।

त्यसैले अहिले वजारमा जे जस्तो हल्लाहरु आएपनि नेकपा मिल्नुको विकल्प छैन र यसको लागि नेकपाका नेताहरुले अवपनि जनता र देसको लागि समर्पित भई काम नगरेर खालि कुर्चि र सत्ता मोहको मार्ग अप्नाई विभिन्न गुटवन्दीको कालो धव्वा लगाउने हो भने नेपालमा कम्युनिष्टको उज्जवल भविश्यको कल्पना सम्म पनि नगरे हुन्छ किनकी आज तपाईहरुको कपालको रौं झर्दा कार्यकर्ताहरुको मुटु चुँडिनुपर्ने कारण किन ? यसको एक मात्र कारण हो विगतमा युद्धको रणभूमि होस् या चुनावको रणनीति, गाउँघरका सर्व साधारण जनताको जनजीविकाका सवाल होस् या रोजगारविहीन बनि विदेसीएका युवाहरुको कथा व्यथा यी यावत कुराहरुमा आम कार्यकर्ताको मन मष्तिष्क जोडिएको छ र त आज उपल्लो कमिटिमा पात हल्लियो भने तल्लो कमिटिमा जरै उखेलिनुपर्ने यहि कारण जुन तपाईहरुको अदुरदर्शिता, सत्तालिप्सा, गुटवन्दी आदिले नै हो । त्यसैले गल्तिलाई सच्याउँ, राम्रा र नराम्रा कामको समीक्षा गरौं, सरकारको निरन्तरता कायम राखौं, पद र भागबण्डाको राजनीति आजैबाट त्यागौं, किनकी इतिहास रच्न गाह्रो छ तर भत्काउन सजिलो छ अनि शत्रुको घरको कथा वस्तु पाइँदैन तर आप्mनोमा छेकवार लाइँदैन यदि भने सम्झिनुहोस् धमिलो पानिमा माछा मार्ने प्रतिक्रियावादी शक्तिहरुले झन नाच्ने र खेल्ने मौका पाउँदछन् । आज राज्यको चौथो अंगकोरुपमा प्रतिष्ठित पत्रकार जगत पनि सरकारको राम्रो कामको लागि खासै चासो दिँदैन । उल्टो रौ वरावरको गल्ती कहाँ छ भन्दै खोतल्दै हिँड्दछ र पत्रकारहरुले आप्mनो कलमका प्रत्यक शब्दहरुलाई महँगो मूल्यमा वेचिदिन्छन् अनि सम्झनुहोस् हाम्रो समाज विकासको परिकल्पनामा हामी कहाँ छौं जुन कि विद्धताको क्षेत्र नै मोल मोलाईमा विकिदिन्छ र प्रत्येक शब्दहरुको मुल्य गहकिला वनिदिन्छन् अनि गोयवल्स सैलिमा हुँदै नभएका कुराहरु पनि समाचार माध्यममा पटक पटक पे्रषित भएपछि जनताले झुट कुराहरुलाई पनि वास्तविकता हो कि भनेर पत्याइदिनुपर्ने वाध्यात्मक परिस्थितिको सृजना हुन्छ ।

यदि तपाईहरुले जनता र देस बनाउनको लागि राजनीति गरेकै हो भने पुरानो संकृर्ण विचारहरुलाई त्यागेर निष्ठाको राजनैतिक मैदानमा परेड खेल्न सिक्नुहोस् तव न जनताको मन मष्तिष्कमा सदैव रहनुहुनेछ र प्रत्येक नेताले पद, पैसा, पावर, गुट र उपगुटको खेति गरी आप्mनो घरमा मनग्गे सुरक्षाकर्मी राखेर पद र प्रतिष्ठाको धाक र रवाफ देखाउने विल्कुन होइन कि वरु एक सच्चा अविभावक बन्न सिक्नुहोस् अन्यथा अहंताको जडमा बुर्कुसी मार्दा कोरोना भाइरसको कारणले जनतामा आएको क्षतिले आज अमेरिकी राष्ट्पति ट्म जनताको नजरमा जसरी गिरेका छन् त्यसरी नै नेकपाका नेताहरुमा पनि त्यहि स्थिति नहोला भन्न सकिन्न । त्यसैले समयमा नै स्वयंमता अप्नाउनुहोस् यसैमा नेकपाको भविश्य अल्झिएको छ ।

प्रतिक्रिया दिनुहोस