बैशाख १८, सुनवल । विश्वव्यापी माहामारी कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम गर्न नेपाल सरकारबाट देशैभरी लकडाउन गरिएको अवस्थामा सुनवल नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले आगामी १० दिनका लागि नगर भित्रका राष्ट्रिय गौरवका आयोजनाहरु बाहेक अन्य निर्माण कार्यहरु स्थगन गरेको छ । बैशाख १५ गते देखि लागु हुनेगरि सार्वजनिक सुचना जारी गर्दा समेत काम नरनेकिएकाले नगरपालिकाले बिज्ञप्ती जारी गरेको हो ।
स्थानीय विपद् व्यवस्थापन समिति निर्णय वमोजिम निर्माण कार्यहरु स्थगन गर्नुपर्नेमा यस नगर क्षेत्र भित्र विभिन्न निर्माण कार्यहरु भैरहेको पाईएको र सो कार्यबाट कोरोना भाईरस को संक्रमण फैलिने जोखिम बढ्न गएकाले अर्को सूचना जारी नभएसम्म उक्त निर्माण कार्यहरु बन्द गर्नु गराउनु हुन अनुरोध गरिएको छ । नगरपालिकाको यस अनुरोधको अवज्ञा गरेको पाईएमा कानुन बमोजिम कारवाहि हुने र अटेर गरी भविष्यमा आउनसक्ने जोखिम प्रति सम्बन्धित पक्ष जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराएको छ ।
बिज्ञप्तीमा भनिएको छ
विश्वव्यापी माहामारी कोरोना भाईरस (कोभिड-१९) को सम्भावित संक्रमण रोकथाम गर्न नेपाल सरकारबाट देशैभरी लकडाउन गरिएको अवस्थामा यस सुनवल नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैशाख १५ गतेको निर्णय अनुसार आगामी १० दिनका लागि नगर भित्रका राष्ट्रिय गौरवका आयोजनाहरु बाहेक अन्य निर्माण कार्यहरु स्थगन गरिएको र सो निर्णय वमोजिम यस नगरपालिकाले विभिन्न संचार माध्यम मार्फत सूचना प्रशारण गरिरहेको व्यहोरा अवगतै होला । उक्त निर्णय वमोजिम निर्माण कार्यहरु स्थगन गर्नुपर्नेमा यस नगर क्षेत्र भित्र विभिन्न निर्माण कार्यहरु भैरहेको पाईएको र सो कार्यबाट कोरोना भाईरस को संक्रमण फैलिने जोखिम बढ्न गएकाले अर्को सूचना जारी नभएसम्म उक्त निर्माण कार्यहरु बन्द गर्नु गराउनु हुन अनुरोध छ । नगरपालिकाको यस अनुरोधको अवज्ञा गरेको पाईएमा कानुन बमोजिम कारवाहि हुने र अटेर गरी भविष्यमा आउनसक्ने जोखिम प्रति सम्बन्धित पक्ष जिम्मेवार हुने व्यहोरा जानकारी गराईन्छ ।