बैशाख १८, झापा । दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आज बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईँको घरबाट अचानक आगलागी भएको हो ।
आगोले ३ घर जलेर नष्ट हुँदा करिब रु १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइसकिएको छ ।