चैत १७, प्युठान । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गत मंगलबारदेखि एक हप्ता देशैभर लकडाउन घोषणा गरेपछि यतिबेला आम मानिसको दैनिकी बदलिएको छ । यो लकडाउनमा आफू नै क्वारेन्टानमा बस्ने महत्वपुर्ण समय हो, जसले गर्दा आफु जहाँ छौँ , त्यही बसौ भन्ने हो । नागरिकहरुको हिँडडुँलमा प्रतिबन्ध लगाइएको छ । मुलुक बन्दा बन्दीको अवस्थामा छ । जहाँ नागरिकहरुको आवतजावत वा भेटघाट हुँदैन त्यहाँ संक्रमणको जोखिम पनि कम हुने भएकोले सरकारले यो लकडाउन मार्फत संक्रमणको जोखिमलाई न्युनिकरण गर्ने रणनीतिका रुपमा लिएको छ ।

तर प्युठान नगरपालिका ४ टारिका एक युवा यो फुर्सदको समयमा गमला सजाउदै आएका छन। केही दिन पहिले एनजिओमा काम गर्ने
काममा ब्यस्त थिए । तर, गएको मङ्गलवारदेखि देश लकडाउन हुँदा उनको काम रोकिएको छ। फुर्सद छ। अभाव पनि। तर, कोरोना भाइरस संक्रमण जोगिनकै लागि पनि सरकारको निर्णयले खुशी छन् उनि हुन टारिका ४० बर्षिय मोहन सुबेदि,उनको पनि दिन अरुहरुकै जस्तो समाचार हेरेर बित्छ। तर, कतिन्जेल यसरी नै बिताउनु? सुबेदिले आफैसँग प्रश्न गरे। एका बिहानै सुबेदीले आफ्नो घरमै रहेको बगैचामा पानी लगाउँदै गरेका देखिए। एक दिन मात्र हैन प्रायजसो बिहानै बगैचामा जाने, फूलको अवस्था बुझ्ने, पानी हाल्ने उनको दैनिकी बनेको छ। उनी बिहान देखि बेलुका सम्म बगैचामा गएर फूलहरुसँग समय बिताउने गर्दछन्।

उनले बगैचालाई व्यवस्थित गरेर नयाँ संरचनाका साथ निर्माण गरेर अशान्ति भएको समयमा बगैचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताए। सबैको मनोरञ्जनका लागि वाल लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडी बढाएको सुवेदीको भनाई छ।
बगैचामा लगाउनका लागि स्थानिय स्तरबाट विभिन्न जातका फुलका बिरुवा ल्याएर लगाइएको छ। अहिले भएका फुलका बिरुवा बाट आफै पनि गमला तयार गर्दै गमलाको संख्या बढाउदै आएका छन्। दैनिक रुपमा झण्डै सय भन्दा मानिसले बगैचा अवलोकन गर्न आउने गरेका छन्।

फुल रोपेर घरको सोभा पनि हुन्छ , मनलाई आनन्दका लागि उपयोगी हुन्छ जस्तो लागेर यस्ता गमला तयार गरिएको श्रीमति पार्बता आचार्यले बताइन् । सुबेदिले भनिन, ‘खाली बस्नुभन्दा केही गर्नु ठीक भन्ने सोचेर यो सुरुवात गरेका हौं। राम्रो भयो भने आवश्यक मात्रामा बनाउँदै जान्छौं।’
प्युठान नगरपालिका ४ टारिमा जन्मेका सुबेदि विगत दुई दशक देखि गैरसरकारी सस्थामा आबद्ध छन् ।