- सागर थापा
माघ १६, बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले सवारी दुर्घटना न्युनिकरण तथा सडक सचेतनाका लागि कोहलपुर देखि नेपालगन्ज सम्मको सडकहरुमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक बोर्डहरु राखेको छ। G.N.V CLZ को सहयोगमा रहेको जम्मा १० वटा ट्राफिक नियम जनचेतना मुलुक बोर्डहरु कोहलपुर देखि नेपालगन्ज सडकखण्डमा राखिएको छ ।
तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोहरुमा ट्राफिक नियमको बोर्डहरु राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त बोर्डहरु बिहीबार राखिएको हो ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ । बाँके जिल्ला ट्राफिक प्रमुख बमका अनुसार केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा बाँके जिल्लाभर बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको पहिचान गरी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धि बोर्डहरु राख्ने योजना समेत रहेको बाँके ट्राफिक प्रमुख बमले बताए ।