• २०८१ चैत्र २ गते आइतवार

बिद्यालयको डिपिआर अनुसार सहयोग हुन्छः प्रदेश सभाका सदस्य थापा

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल

माघ १६ , दैलेख । कर्णाली प्रदेश सभाका सदस्य सुशील कुमार थापाले बिद्यालयको डिपिआर अनुसार भौतिक बिकासमा सहयोग गर्ने प्रतिबध्द्ता जनाउनु भएको छ । नगरपालिकाले नमुना घोषणा गरेर बिद्यालयलाइ अगाडि बढाउने योजना यस अगाडी नै गरेकोमा बिध्यालय बल्ल तातिएको उनले बताए ।

दैलेखको भानेश्वार माध्यमिक बिद्यालय दुल्लु नगरपालिका २ नाउलेकटुवालको ५८ औ बार्शिक उत्सबमा उनले उक्त कुरा बताएका हुन । नगरमै पहिलोपटक आबासिय कक्षा सुरु गरेकोमा बधाइ दिदै, प्राबिधिक धार संचालनको लागी नगरपालिकाले सघाउने दुल्लु नगरपालिका का नगर प्रमुख घनश्याम भण्डारीले बताएका छन् ।

बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष जितेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्ब बिध्यालय ब्याबस्थापन समिती र प्रधानाध्यापकलाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस