पौष १४, दाङ। दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । प्रहरी कार्यालय दाङका अनुसार सोमबार बेलुकी लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मृत्यु भएको हो ।
जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय दाङले जनाएको छ ।