मंसिर १४, दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गमा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन देउखुरीको भालुवाङ्गमा सम्पन्न एक कार्यक्रममा सहभागी वक्ताहरुले सुझाव दिएका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गमा आइतबार कार्यक्रम गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा भएको कार्यक्रममा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीकाे प्रमुख अातिथ्यतामा सम्पन्न साे अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गका वरिष्ठ उपाध्यक्ष टाेपबहादुर कार्की ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्ट, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्ट, सशस्त्र प्रहरी बल भालुवाङ्गका कार्यालय प्रमुख सशस्त्र प्रहरी प्रमुख कर्णबहादुर बुढामगर ।त्यसैगरी सो कार्यक्रममा प्रहरी चौकी कालाकाटेका प्रहरी प्रमुख उज्वल शाह, प्रहरी चौकी सातमारा अर्घाखाँचीका प्रहरी प्रमुख देवबहादुर केसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दाङका रमेश पौडेल, अर्घाखाँचीका अनुसन्धान सहायक रेशमबहादुर केसी प्रहरी जवानहरु वसन्त केसी र मनिराम दहितले कार्यक्रममा सहभागिता जनाएका थिए । पशु प्रशासन क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेका खरिदार तिलक धमला, स्थानीय व्यवसायी अनोज शर्मा, पशु शाखा लमही नपाका अधिकृत खेमबहादुर चौधरी, पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जकै लेखापाल मुकुन्द भट्टराई, र पत्रकारहरु सागर थापा, बिदुर एमसी लगायतले सो अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु चिकित्सक रामलाेचन शाहकाे अध्यक्षतामा सम्पन्न भएको साे अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भालुवाङ्गका कार्यालय प्रमुख गिरिराज अधिकारीले गरेका थिए । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु चिकित्सक शाहले कार्यक्रममा उठेका प्रश्नहरुका जवाफ दिएका थिए ।