मंसिर १४, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका १२ सिन्कौलीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । उनको साथबाट २ थान एकनाले भरुवा बन्दुक बरामत गरिएको छ । पक्राउ पर्ने दल बहादुर बुढाथोकी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
दुई जना बन्दुक बोकी हिडेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बुढाथोकीसंगै राजन कार्की पनि रहेका थिए । उनी हाल फरार भएका छन् । फरार भएका कार्कीको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भेरहेको सिन्धुली प्रहरीले जनाएको छ ।