• २०८१ कार्तिक २३ गते शुक्रवार

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा साविक विजेता बायर्नले स्टुटगार्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । स्टुटगार्डको मैदानमा एक गोलले पछि परेको बायर्नले पुनरागमन जित निकालेको हो ।

खेलको २०औँ मिनेटमा टानगुए काउलीबलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई १- १ गोलको बराबरीमा फर्काए । ४५ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए । खेलको ८८ औँ मिनेटमा डुग्लास कोष्टाले गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए । जितसँगै लिग लिडर बायर्नले ९ खेलमा २२ अंक जोडेको छ । स्टुटगार्ड ११ अंक जोडेर लिगको १०औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस