कार्तिक १३, मुगु । मुगुमा मनकारी स्थानीयले विद्यालयको लागिजग्गादान गरेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका२ जडेपानीगाउँकानौजनामनकारी स्थानीयले करिब ११ रोपनी जग्गा गाउँकै माध्यमिक विद्यालयलाई निःशुल्कदान गरेका छन् ।
आफ्नै गाउँमा रहेको जन ज्योति माध्यामिक विद्यालयको भौतिकपूर्वाधार विस्तारका लागि र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नाै जना स्थानीयले आफूले भोगचलन गर्दै आएको ११ रोपनी खेती योग्य जग्गा विद्यालयलाई निःशुल्कदान गरेका हुन् । जडे पानी गाउं निवासी नरजंग शाहीले एक हजार पाँच सय वर्गमिटर, टोप बहादुर शाहीले एक हजार पाँच सय वर्गमिटर, मेल बहादुर शाही र मञ्ज नशाहीले सात–सात सय वर्गमिटर, दल बहादुर मल्लले तीन सय ५० वर्गमिटर, मान बहादुर शाहीले एक सय ३२ वर्गमिटर, कर्मकलाशाहीले एक सय १७वर्गमिटर, मिमाशाहीले दुई सय ४२ वर्गमिटर र भरत शाहीले एक सय ५७वर्गमिटर जग्गा गाउँकै जन ज्योति माध्यमिक विद्यालयको नाममा निःशुल्क चन्दा दिएका छन् ।
आफ्ना छोराछोरीलाई घर आँगनमै गुणस्तरीय शिक्षा मिलोस्, बाहिर पढ्न जानु नपरोस् भन्ने हिसाबमा स्थानीयले माध्यमिक विद्यालयको नाममा निःशुल्क जग्गा उपलब्ध गराएका छन् । घरकै खाना खाएर गुणस्तरीय शिक्षा हासिल गर्न र पर्याप्त रूपमा विद्यालयका भौतिक संरचना निर्माण गर्न सहजहोस् भन्ने हिसाबले आफूहरूले खेती योग्य जमिन निःशुल्क उपलब्ध गराएको जग्गा धनीहरूको भनाइ छ । ०३४ सालमा स्थापनाभयको यस विद्ययालयमा फराकिलो जग्गा नहुँदा थप भवनहरू निर्माण गर्न समस्या भएको थियो । नाै जना स्थानीय मिलेर ११ रोपनी जग्गा विद्यालयको नाममा निःशुल्क दान गरियो,’ जग्गा दान गर्ने मध्येका मेलबहादुर शाहीले भने ।
लाखौँ मूल्यबराबरको जग्गा स्थानीयले विद्यालयलाई निःशुल्कउपलब्ध गरएपछि अब विद्यालयको थपभौतिक संरचना निर्माण सहजहुने बताउँछन् जडे पानी गाउँका समाजसेवी नरवीर शाही । पहिला यस विद्यालयको नाममाकमै क्षेत्रफल जग्गा हुँदा भौतिक पूर्वाधारको अभाव, छात्रवासको समस्या, खेलमैदान घरबार लगायतका समस्या विद्यालयले खेप्दै आएको जन ज्योति विद्यालयका लेखापाल नरजंगशाहीले बताए ।
०३४ सालमा स्थापनाभएको यस माध्यमिकविद्यालयको नाममा स्थानीयले ११ रोपनीजग्गानामसारी गरेसँगै अबविद्यालयको कक्षाकोठा विस्तार, खानेपानी, शौचालय, छात्रवास, घेरबार, खेलमैदानलगायतको काम अघि बढाउन सहजहुने लेखापालशाहीको भनाइ छ । जडे पानी गाउँका मनकारी स्थानीयले विद्यालयको नाममा ११ रोपनीजग्गानिःशुल्कनामसारी गरिदिएका छन् । अब कादिनमा विद्यालयको पूर्वाधार निर्माणका लागिभारतीय राजदूतावास, गैरआवासीय संघसंस्था, गाउँपालिका, वडा तह, गैसस, विभिन्न सरकारी कार्यालय लगायतका निकायहरूमा परियोजना प्रस्ताव पेस गरिने जनज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक सुवास रावलले बताए ।
हाल यस विद्यालयमा इसिडी कक्षादेखि १२ कक्षासम्म पढाइ हुने गरेको छ भने कुलविधार्थी संख्या सात सयभन्दा बढी अध्यायनरत छन् । शिक्षकसहितकर्मचारीको संख्या २३ जनाकार्यरत छन् । चालू आर्थिक वर्षदेखि सिभिल सब-इन्जिनियरसमेत पढाइ सुरु गरिएको छ ।
पालिका भित्रका फोतु, नेर, लिब्रु, रावलबाडा, नार्थपु, जवलधारा, नाचार, जडेपानी, सोरुकोट, भिई लगायतका गाउँ बस्ती र छिमेकी जिल्ला हुम्लाको तुम्च मकै लगायतका गाउँबाट समेत यस विद्यालयमा विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् भने चालू आर्थिक वर्षदेखि सुरु गरिएको सिभिल सब-इन्जिनियर विषय अध्ययनका लागि जिल्लाभित्रका र छिमेकी जिल्ला हुम्ला र बाजुरासमेत बाट विद्यार्थी अध्ययन गर्नका लागि यस विद्यालयमा आउने गरेका छन् ।