• २०८२ जेष्ठ ४ गते शनिवार

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली सार्वजनिक'(भिडियो)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कातिक १३, काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतको स्वरमा पृथ्विलाई मेचु धिमालले साथ दिएकि छन् ।

गायन रियालिटि शो भोईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भोईसमामा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकि थिईन ।

ग्रिष्मा भट्ट र गिरिस भट्ट को निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादनरकलर मनोज कार्कि, कथा पृथ्वि खनाल र कोरियोग्राफिर निर्देशन मौसम हिमालिको रहेको छ । भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस ।

https://m.youtube.com/watch?feature=youtu.be&v=Nmd6Xwh0GrQ

प्रतिक्रिया दिनुहोस