• २०८१ पुष २९ गते सोमवार

दाङमा स्वास्थ्यकर्मी र ब्यापारी गरी १९ जनामा कोरोना संक्रमण

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३ , दाङ । दाङमा आज १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका ११, तुलसीपुरका ७ र चितवन घर भएका १ जना गरी १९ जनामा संक्रमण भएको छ ।

संक्रमण पुष्टि हुनेमा घोराही–१० का ५ जना, घोराही–१५ का ३ जना, घोराही–८ र ११ का २ जना रहेका छन् । उनिहरु सबैको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरीएको हो । संक्रमितहरु बैंक कर्मचारीका परिवार, नारायणपुरका व्यापारी र स्थानीय रहेको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । समुदायस्तरका ८५ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

यस्तै तुलसीपुरमा ७ जनामा संक्रमण देखिएको छ । प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगर ५ का ३२ र ३७ बर्षका दुई जना, वडा नम्बर ६ का ३५ र ४१ बर्षका दुई जना, वडा नम्बर ९ का ५६ बर्षिय एक जना र वडा नम्बर १९ का ३५ बर्षिय एक जनामा संक्रमण पुष्टि भएको हो । उनिहरुमध्ये २ जना राप्ती प्रादेशिक अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेको अस्तापल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस