• २०८१ जेष्ठ ३० गते बुधवार

कोरोनाबाट थप १२ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको हो ।

मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिला र पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस