• २०८१ पुष २९ गते सोमवार

प्रहरी र डाक्टरसहित वीरगन्जमा ५० जनामा कोरोना 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १३ , वीरगन्ज । वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा ५ महिला र ४५ पुरुष गरी ५० जना रहेको नारायणी कोभिड अस्पतालका चिकित्सक डा उदय नारायण सिंहले जनाए । उनका अनुसार शुक्रबार प्रयोगशालामा ४४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस