• २०८१ माघ ११ गते शुक्रवार

गजल ! “सरकारले सम्झौता कुन्नि के आधारमा गर्छ”

सुरे शकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

सरकारले सम्झौता कुन्नि के आधारमा गर्छ,
छिमेकि सँग सदैभरी नै करार हतारमा गर्छ।

संघियता लाई थामन सक्ने त देशनै होईन,
सरकारले बिदेशी निर्देशन अनुसारमा गर्छ।

मैले जन्मेपछि आफै हेर्दै आएँ चाला उस्तै,
शन्तानको रगतपनी खर्च उपकारमा गगर्छ।

चुँनेर पठायौँ देशकै रक्षाको लागि सदै भरी,
शन्धि बिदेशीको जित आफ्नो हारमा गर्छ।

आफ्नो कुर्ची जोगाउँन नतमस्तक बिदेशकै,
लाखौँको कारोबार नै दुई चार हजारमा गर्छ।

के उखान र टुक्काले देश को बिकास होला
उ सक्या सम्म गफ भाषण अखबारमा गर्छ।

छिमेक को भने नजर हिमालय सम्म हुँनाले,
उस्ले प्रतेक बिचार फाईदाकै ब्यापारमा गर्छ।

प्रतिक्रिया दिनुहोस