• २०८१ जेष्ठ ३१ गते बिहिवार

विश्वमा कोरोना  सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३,एजेन्सी । विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले शनिबार जानकारी दिएको छ । शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । श्निबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस