• २०८१ जेष्ठ ३० गते बुधवार

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३,चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये चितवन चार, कैलाली एक, मकवानपुर चार र गोरखाका एक जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस