भदौ १३, वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो ।संक्रमित हुनेमा ५ महिला र ४५ पुरुष गरी ५० जना रहेको नारायणी कोभिड अस्पतालका चिकित्सक डा उदय नारायण सिंहले जनाए ।
उनका अनुसार शुक्रबार प्रयोगशालामा ४४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।