• २०८० चैत्र १६ गते शुक्रवार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

महोत्तरी, १३ भदौ । आज विहान बर्दिबास चौकमा रोकेर राखिएको ना. ३ स.२३६१ नम्बरको अटोलाई आर जे ०२ जी बि ३३४७ नम्बर भएको भारतीय लहरी ट्रकले ठकर दिँदा अटो चालक बर्दिबास नगरपालिका-१ निवासी भिमबहादुर श्रेष्ठको ४० वर्षीय छोरा टेक नारायण श्रेष्ठको मृत्यु भएको हो ।


गम्भीर घाइते श्रेष्ठलाई उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जानेको छ ।भारतीय लहरी चालक अरबिन कुमार बलाइतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस