• २०८१ माघ ८ गते मङ्गलवार

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरकी ६२ वर्षीया महिलाको आज विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस