• २०८१ माघ १ गते मङ्गलवार

चितवनमा थप २६ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, चितवन । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ जना र अन्य जिल्लाका ११ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी महिला रहेका छन् ।

संक्रमित हुनेमा अन्य जिल्लाका ११ जनामध्ये गोरखाका २ जना, नवलपुरका २ जना, सप्तरीका २ जना, र दैलेख, बारा, गुल्मी, सुर्खेत मोरङका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस