• २०८२ जेष्ठ २ गते बिहिवार

कैलालीमा जारी निषेधाज्ञा १९ गतेसम्म लमब्याउन सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, कैलाली । जिल्ला सुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म बढाउन सिफारिस गरेको छ। यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएकोमा सुरक्षा समितिको बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो।

उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले भोली आदेश जारी गर्नेछन्। निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका सेवामा रोक लगाईएको छ। अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ। अहिले कैलालीमा कुनै पनि मेला, पर्व, सञ्चालन गर्न भिडभाड र जुलुस गर्न पाईदैन भने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ। खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस