साउन १४, काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा ज्युले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा निरज शाही र प्रधुन कार्की रहनुभएको छ । नेपाल सरकार ९मन्त्रीपरिषद० को निर्णयअनुसार उहाँहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति हुनु भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको सांगठनिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताउनुभयो । प्रहरी अधिकृतहरुको मेहनत, लगनशिलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षकले संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकोले यसमा थप सिपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावि रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न उहाँले प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । एउटै नेपाल प्रहरी संगठनको रुपमा रहेको संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौतीबीच अवसर खोजेर संगठनको श्रीवृद्धितर्फ लाग्नु सबै प्रहरी अधिकृतहरुको दायित्व भएको चर्चा गर्नुभयो ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड(१९० को प्रकोपलाई नेपाल प्रहरीले धैर्यता, निष्पक्षता, सहनशिलताका साथ आफूलाई प्राप्त सीप परीक्षण गरेर देखाई नेपाल प्रहरीको जनता र राष्ट्र सेवा गर्ने अवसरको रुपमा स्वीकार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्याङकन स्वरुप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताउनुभयो । गौरवमय इतिहास बोकेको प्रहरी संगठनको श्रीवृद्धिको लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक लम्सालले आपसी एकता र भातृत्वभाव, व्यावसायिक निष्ठा र जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्ने बताउनुभयो ।