• २०८१ माघ २६ गते शनिवार

सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तर्क्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं । वैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तर्क्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएके छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कीर्तिपुर न.पा ०३ स्थित सामुदायिक भवनमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथाम तथा न्यूनीकरणको लागि नेपाल सरकारले लागु गरेको लामो समयसम्मको लकडाउन खुले पश्चात अपराधमा बढोत्तरी हुने पूर्व आंकलन अनुसार वैंक तथा वित्तीय संस्थामा हुन सक्ने सम्भावित अपराधजन्य गतिविधि रोकथाम, न्यूनीकरण तथा सुरक्षा सुदृढीकरण विषयमा अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा वडा एरियामा रहेको वैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तर्क्रियाको साथै परिचयात्मक कार्यक्रम गरियो । उक्त कार्यक्रममा वैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, यस कार्यालयका प्रमुख प्रनाउ रुकेश तण्डुकार , प्रनि रामकृष्ण श्रेष्ठ, प्रनि योगराज सुवेदी, संचारकर्मी बिरेन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस