• २०८१ माघ ११ गते शुक्रवार

कालीकोटमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, कालीकाेट। कालीकोटमा राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका अनुसार वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको हो र अन्य दुई जना घाइते भएका छन् । गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस