• २०८२ बैशाख ५ गते शुक्रवार

लगातारको अबिरल बर्षाः नदिमा पानीको बहाव उच्च,आसपासका बासिन्दालाई डर

प्रशान्त डि सि पढ्न लाग्ने समय : २ मिनेट

साउन १४, कैलाली । लगातरको अविरल बर्षा को कारण कैलालीका नदिहरुमा यतिबेला पानीको बहाव बढेको छ। मंगलबार साझदेखि लगातार परिरहेको पानीले कैलालीको घोडाघोडी नगरपालिकामा पर्ने डोडा नदिमा पनि पानीको बहव उच्च रहेको हो ।

यस नदिमा घोडाघोडी न.पा का वडा न.८,१,३,५,र ७ जोडिएको छ्न । वर्ष पिच्छे नदिले आसपास्मा पर्ने जग्गा कटान गर्दा खेरी स्थानीय वासिन्दा चिन्ता मा परेका छ्न्। पानी परिरहेको छ राती सुतिरहेको बेला नदि घरतिर आउँछ कि भन्ने डरले निन्द्रा नै लाग्दैन भन्छन् । वडा. न . ८ का स्थानिय सुनिल बोहरा ।उनले भने सरकारका जनप्रतिनिधिले नदिको किनारामा तटबन्ध लगाउछु भनेर चुनावको बेला भनेको तर यति वर्ष भैसक्दा पनि कुनै चासो नदेखाएको उनले बताए । यस्तै वडा न.१. मा पर्ने बेलार मा पनि नदि ले गाउं तिर कटान गर्दा त्यहाँका स्थानीय पनि चिन्तित बनेका छन्। उनिहरुले आफुहरुको समस्या सरकारले नहेरेको गुनासो समेत गरेका छ्न् ।

तर उता सम्बन्धित जनप्रतिनिधि भने तटबन्धको लागि पहल भैरहेको बताउछ्न । के अब बर्षा सकिएपछी स्थानीयको क्षति भैसकेपछी बन्छ त नदिको बिकल्प प्रश्न उठ्ने गरेको छ । यसप्रती समयमै सरोकारवालाहरुको ध्यानाकर्षण भएपछी जन्ताले राहत पाउन सक्छ्न, स्थानीय बासिन्दाले नदि रोकथाम को लागि पहल गर्न समेत आग्रह गरेका छ्न्

प्रतिक्रिया दिनुहोस