• २०८१ माघ ११ गते शुक्रवार

कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १४,कैलाली । कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन्। कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ वर्षिया विवाहित युवती लक्ष्मी साउद मृ’त फेला परेकी हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा शव भेटिएको बताए । ‘११ गतेदेखि उनी वेपत्ता रहेको जानकारी आएकोथियो । प्रहरी नायव उपरिक्षक विष्टले भने ‘मृ’त अवस्थामा फेला परेपछि मृतकका श्रीमान ओम साउदसंग सोधपुछ भईरहेको छ। अहिले नै के–कसरी मृत्यु भयो भन्न सकिदैन ।यता मृतकका माईती पक्षले भने लक्ष्मीको ह’त्या नै भएको भनेका छन्। मृतकका काका शिव साउदले लक्ष्मीको ह’त्या नै भएको बताउँदै भने ‘घटनाको प्रहरीले सत्यतथ्य बाहिर ल्याउनपर्छ।

प्रतिक्रिया दिनुहोस