१४ साउन, दार्चुला। भारतीय पक्षले नेपालको सीमा कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीको चहलपहल बढेको भन्दै दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ दिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सीमाको अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो नेपालको सीमा क्षेत्रमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न र कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ ।