• २०८२ जेष्ठ १ गते बुधवार

सिराहामा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १४, सिराहा । मंगलबार सिरहा लहान न.पा १ स्थित पुर्व पश्चिम लोकमार्गमा चल्ने विभिन्न प्रकारका साना,मझौला र ठुला यात्रुबहाक सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सवारी साधनले सिट क्षमता भन्दा धेरै यात्रु राख्ने, बढि भाडा लिने तथा सेनिटाईजर र माक्सको प्रयोग नगर्ने गरेको भन्ने जनगुनासोलाई मध्य नजर राख्दै प्रहरी निरीक्षक खगेन्द्र एक्तेन समेतको चेकिङ्ग टोलीले बिभिन्न प्रकारका यात्रु बहाक सवारी साधनहरुलाई चेक जाँच गर्दा केही सवारी साधनले बढी भाडा लिएको पाईएकोमा सो बढि लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराईएको थियो ।

No description available.

ट्राफिक प्रहरीले बढी भाडा लिएका सवारी साधनहरुलाई कारवाही समेत गरि माक्स नलागाई हिड्ने चालक, सहचालक, यात्रु, पैदल यात्रु र साईकल यात्रीहरु समेत जम्मा २६१ जनालाई आवश्यक सम्झाई बुझाई तथा माक्स बितरण गरी (कोभिड १९) बाट बच्न,सचेत रहन र रोकथाम गर्ने सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस